सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक

सोमबार, २१ माघ २०८१, १८ : २१
सोमबार, २१ माघ २०८१

चितवन । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ।

आइतबार आयोजित कार्यक्रममा उपस्थित चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल, रतनानगर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शंखर गिरी, काडाका अध्यक्ष राजन पिया,  चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री चितवनका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन्।

कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुसी व्यक्त गरे। साथै, उनले खरिद निर्णय गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए। 

शुभारम्भसँगै ग्राहकहरूमा थप उत्साह भर्न एमएडब्लू वृद्धिले माघ २१ गतेदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठुलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ जहाँ ग्राहकहरूले यस अवधिमा विभिन्न विशेष अफरहरू पाउने छन्। यसमा सेरेस र नामी ईभीको खरिदमा नि:शुल्क ७ किलोवाट चार्जर, ट्रेड-इनहरूको लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन-साइट फाइनान्सिङका विकल्पहरू रहेका छन्।

ईभी उत्साहीहरूका लागि उपयोगी यो ह्याचब्याक नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध छ जसको मूल्य ने.रू. ३०.२४ लाखदेखि ने.रू. ३५.९९ लाखसम्म रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप