नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसीआई)ले माघ ३० देखि फागुन २ गतेसम्म भृकुटीमण्डपमा विभिन्न उद्योग व्यवसायीहरूको भेला हुने गरी चार दिने कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रमले कम्पनीहरूलाई आफ्ना उत्पादनहरू र आविष्कारहरू प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको थियो ।
नेपालको अग्रणी टायल ब्रान्डहरू मध्ये एक, कजारिया रमेश टाइल्स लिमिटेडले पनि कार्यक्रममा स्टल राखेको थियो, जहाँ नेपालमै उत्पादन भएका उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्स प्रदर्शनमा राखिएको थियो । मजबुती, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टाइल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले विशेष चासो व्यक्त गरेको कम्पनीको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कजारिया रमेश टाइल्स लिमिटेडको स्टल सहित विभिन्न स्टलहरू भ्रमण गरेका थिए । कम्पनीमा निर्देशक सञ्जय अग्रवालले भने, ‘हामी यस प्रतिष्ठित कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व गर्छौँ। हाम्रो लक्ष्य गुणस्तर, शैली र उचित मूल्यको संयोजन गर्दै नेपालमा विश्वस्तरीय टाइल्स ल्याउनु हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक
-
बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान
-
रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा
-
दुःखी आत्माको ट्रेलर : ‘मलाई कविता होइन कवि चाहिएको हो’
-
५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत
-
सुर्खेतमा ‘ग्याङ फाइट’ : खुकुरी प्रहार हुँदा दुईजना घाइते