सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन

सोमबार, २१ माघ २०८१, १८ : ०९
सोमबार, २१ माघ २०८१

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ । सोमबार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति गठन गरिएको हो । 

समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सह) रहेका छन् । 

मुक्कुमलुङ संरक्षक संस्था र राजनीतिक दलहरूले सोमबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन वार्ता सहजीकरण समिति गठन गरिएको जनाइएको छ । मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।  

विज्ञप्तिमा भनिएको छ,‘सांस्कृतिक सम्पदा जोगाउन शान्तिपूर्ण आन्दोलनमा रहेका निहत्था नागरिकमाथि सरकारले गोली बर्साएर गम्भीर मानवअधिकार उल्लंघनको गरेको छ । गोलीले कैयौँ नागरिक घाइते भएका छन् भने तीन दर्जन आन्दोलनकारीहरूलाई गिरफ्तार गरिएको छ । वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ ।’

यसअघि सरकारले केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । 

t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप