आठ दलीय मोर्चासमक्ष रेशम चौधरीले राखे यस्तो प्रस्ताव
काठमाडौँ । मधेसवादी दलले गठन गरेको आठ दलीय मोर्चाको बैठक आज पनि बसेको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठक नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले बोलाएका थिए । मोर्चा समक्ष आफ्नो एजेन्डा राख्न उनले बैठक बोलाएका थिए । मोर्चा गठनप्रति आफू सकारात्मक रहेको र यो बन्नुपर्छ भन्दै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिकको विषयमा मोर्चाले के गर्ने भनी जिज्ञासा राखेका छन् ।
टिकापुर घटनालगायत मधेस आन्दोलनको विषयमा छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरिएको थियो । सो आयोगले तयार गरेको प्रतिवेदन सरकारले अझै सार्वजनिक गरेको छैन । बैठकमा प्रतिवेदन सार्वजनिक गर्नका लागि मोर्चाले दबाब दिनुपर्ने कुरा अध्यक्ष चौधरीले राखेका थिए ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउने प्रयास भइरहेको र त्यसलाई रोक्नका लागि मोर्चाले बोल्नुपर्ने प्रस्ताव उनको थियो । साथै संविधान संशोधन, अध्यादेशलगायतका विषयमा पनि मोर्चाले आफ्नो एजेन्डा बनाउनुपर्ने बताउँदै चौधरीले मोर्चालाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।
थरुहट र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि मोर्चाले सङ्घर्ष गर्ने कुरामा भने सबैको एकमत थियो । रेशम चौधरीले उठाएका सबै मुद्दा मोर्चाले उठाउने र यसका लागि तयार भइरहेको साझा दस्ताबेजमा यी कुरा समावेश गरिने बताइएको छ ।
छलफलमा नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, गङ्गाराम चौधरी, जसपा नेपालबाट मनिष सुमन, जसपाबाट इस्तियाक राइ, रेणु यादव, जनता प्रगतिशील पार्टीबाट डा.शिवजी यादव, जनमत पार्टीबाट अब्दुल खान, डा.शरद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, सन्तोष मेहता, केशव झा, तमलोपाबाट ब्रजकिशोर सिंह र लोसपाबाट सर्वेन्द्रनाथ शुक्लाको उपस्थिति थियो ।
यसअघि लोसपा, जसपा नेपाल, जनता प्रगतिशील पार्टीले बैठक बोलाएर छलफल गरिसकेका छन् । यसअघिका बैठकबाट दुई वटा कार्यदल बनाइएको छ । सबै दलबाट एक–एक जना राखेर एउटा वार्ता समिति समेत बनाइएको छ भने साझा दस्तावेज बनाउनका लागि तीन सदस्यीय कार्यदल बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या
-
पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक
-
बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान
-
रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा
-
दुःखी आत्माको ट्रेलर : ‘मलाई कविता होइन कवि चाहिएको हो’
-
५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत