सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

८ दलीय मोर्चाको कार्यदलमा नाउपाले राख्यो आफ्नो एजेन्डा

सोमबार, २१ माघ २०८१, १७ : ०९
सोमबार, २१ माघ २०८१

काठमाडौँ । मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टी ( नाउपा )ले आफ्नो एजेन्डाबारे जानकारी गराएको छ । 

सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टिकापुर घटनामा राज्य पूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको विषय विषय मोर्चाको एजेन्डामा राख्न अनुरोध गरेको थियो । 

त्यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेन्डा बनाउन आग्रह गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जानकारी दिए । 

बैठकमा अध्यादेशको विषय, मोर्चाको नाम लगायतका विषयमा पनि छलफल भएको उनले बताए । 

मधेस केन्द्रित ८ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप