कर्णालीका मुख्यमन्त्री भन्छन्- आशातीत प्रगति हुन सकेको छैन तर निराश भइहाल्ने अवस्था छैन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आशातीत प्रगति हुन नसके पनि निराश हुने अवस्था नरहेको बताएका छन् । स्वयम् आफुले अपेक्षा गरेअनुसार काम नभएको उनले भनाइ छ । यद्यपि जनताका सबै कुराको सम्बोधन गर्न नसकेपछि जनतालाई निराश नबनाउने आधारबाट सरकार अघि बढिरहेको उनले बताए ।
‘जे हामीले मेहनत गरिरहेका छौँ, त्यो रिजल्ट आउन समय लाग्दो रहेछ,’सोमबार प्रदेश सभाको स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘योजना तर्जुमा र योजना छनोटका सन्दर्भमा कर्णालीलाई हेर्ने दृष्टिकोणमा बदलाव आउने गरी सरकारले काम गरिरहेको छ ।’
सबै काम प्रदेश सरकारले गर्न नसक्ने भएको हुँदा केन्द्र सरकारलाई अनुभूति गराउने गरी आफू लागिरहेको पनि उनले प्रस्ट पारे ।
आफूलाई ठुला दल भन्नेहरू केन्द्र सरकारको नेतृत्वमा पटक–पटक पुगे पनि कुर्सीमा पुग्दा उदासीनता देखाएको उनको भनाइ थियो । तर कुर्सीबाट हट्दा सडकमा आन्दोलन गर्ने प्रवृत्ति हाबी भएको उनले बताए । त्यही कारण कतिपय नीति, निर्माण तथा कानुनहरू बन्न नसकेको उनले बताए ।
साथै बजेट विनियोजनको सूत्रले कर्णाली सधैँ पछाडि परेको कँडेलको भनाइ छ । उनले अगाडि थपे, ‘सङ्घीय सरकार र निकायलाई सबैले मिलेर अनुभूति गराउनुपर्ने छ ।’ कँडेलले प्रदेश सभालाई जनमुखी बनाउने कुरामा सबैको भूमिका रहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्दार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त