मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प

सोमबार, २१ माघ २०८१, १६ : १७
सोमबार, २१ माघ २०८१

वासिङटन डीसी । अमेरिकी सामानमा कर लगायो भने आफूले क्यानडामाथि थप कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । फेब्रुअरी १ देखि लागू हुनेगरी ट्रम्पले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाएका थिए । यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

‘यदि क्यानडाले अमेरिकाले लगाएको करको बदला लियो भने, क्यानडामा थप कर लगाइनेछ,’ फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन् । अमेरिकाका उत्तरी छिमेकीहरूले लामो समयदेखि अमेरिकाको अपमान गर्दै आएको पनि उनले बताए । 

ट्रम्पले भनेका छन्, ‘म क्यानडाका जनतालाई माया गर्छु । म क्यानडाका नेताहरूसँग सहमत छैन, र त्यहाँ केही हुनेवाला छ ।’ उनीहरू खेल खेल्न चाहन्छन् भने आफूलाई यसमा कुनै समस्या नभएको र आफूहरू पनि उनीहरूले खेल्न चाहेको जस्तोसुकै खेलको लागि तयार रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप