समाचार
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
सोमबार, २१ माघ २०८१, १५ : ५२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको जनाएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
न्याय परिषद् सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका खड्काको नाम आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म
-
जसलाई महिला दिवसले छोएन...
-
आइतबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकाले सैन्य सहायता रोक्नासाथ युक्रेनमा रुसी आक्रमण तीब्र, २५ जना मारिए
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना