मौसम
सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने
सोमबार, २१ माघ २०८१, १५ : ०५

काठमाडौँ । आज (सोमबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरूमा हल्का पानी र हिउँ पर्ने भएको छ ।
जल तथा मौसम विभागकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीनै प्रदेश र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
बाँकी प्रदेशहरूमा कतैकतै बादल लागे पनि मौसम मुख्यतया सफा हुने सम्भावना रहेको छ ।
महाशाखाले माघ २३ गते सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि जनाएको छ । साथै पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन
-
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा