नेदरल्याण्ड्समाथि रोमाञ्चक जितसँगै थाइल्याण्ड अपराजित
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा थाइल्याण्डले नेदरल्याण्ड्समाथि १७ रनको रोमाञ्चक जित हात परेको छ । शृङ्खलामा थाइल्याण्डको यो लगातार तेस्रो जित हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जितका लागि ८७ रनको मध्यम लक्ष्य पाएको नेदरल्याण्ड्सले १५.५ ओभरमा सबै विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । कप्तान बाबेटे डी लिडेले सर्वाधिक २५ रनको योगदान दिइन् ।
उनले २१ बलमा ५ चौका हिर्काइन् । त्यस्तै, आईरिस जीविलिङले ३० बलमा १३ रन तथा क्यारोलिन डी लांगेले १२ बलमा १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न थिपाट्चा पुथावोङ र ओनिचा कामचोम्फुले ३–३ विकेट लिए । चानिदा सुथिरुआङले २ तथा नाटाया बुचाथामले १ विकेट हात पारिन् । यसअघि पहिले ब्याटिङ गरेको थाइल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । टोलीका लागि चानिदा सुथिरुआङले सर्वाधिक २७ रनको योगदान दिइन् ।
उनले २८ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् । फनिता मायाले ३१ बलमा १२ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्याण्ड्सका लागि आईरिस जीविलिङ, इभा लिन्च र सिल्भर सिगर्सले २–२ विकेट लिए ।
इसाबेल भान डेर वोनिङको नाममा एक विकेट रह्यो । ३ खेलमा तेस्रो जीत हात पार्दै थाइल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
आयोजक नेपाल भने जितविहीन रही पुछारमा छ । अब मंगलबार नेपालले थाइल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन