सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भने– कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छ

सोमबार, २१ माघ २०८१, १४ : ५५
सोमबार, २१ माघ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिरहेको भन्दै कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताए । उनले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको उल्लेख गरे । नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश भएको उल्लेख गर्दै उनले विधान र स्वाभिमानी देश भएको बताए । उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ । तीन वटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश हो । सधैँ स्वाधीन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्दछ । यसको भूगोल समृद्ध हुनसक्दछ । हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरू छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो ।’

प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्धि नेपाल, सुखी नेपाली रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप