विरोध
मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, २१ माघ २०८१, १४ : ३९
१

काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ । मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।
फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् । माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्कुमलुङबाट सशस्त्र प्रहरी फिर्ता लिन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल