सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

सोमबार, २१ माघ २०८१, १४ : २२
सोमबार, २१ माघ २०८१

दमास्कस । सिरियामा भीषण बम विस्फोट भएको छ । यस घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको खबर छ । उत्तरी सिरियाली शहरको बाहिरी इलाकामा सोमबार भएको कार बम विस्फोटमा अरु दर्जनौं घाइते भएको बताइएको छ ।

मानबिज शहरको बाहिरी इलाकामा कार विस्फोट भएको थियो । कृषि कामदार बोकेको गाडी कारको छेउबाट गुज्रिरहेको बेला विस्फोट हुँदा सो गाडीमा सवार १४ महिला र एक पुरुष कामदारको मृत्यु भएको छ ।  अन्य पन्ध्र जना महिला घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस घटनामा १८ महिला र एक पुरुषको मृत्यु भएको बेलायतस्थित युद्ध अनुगमनकर्ता ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ ले भनेको छ । डिसेम्बरमा राष्ट्रपति बसर अल असदको पतन पछि, उत्तरपूर्वी अलेप्पो प्रान्तको मनबिजमा हिंसा जारी छ । 

यहाँ तुर्कमेनिस्तान–समर्थित समूहहरू (सिरियन नेशनल आर्मी) ले अमेरिका–समर्थित कुर्दिश–नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स सँग भिडन्त गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप