गाजा युद्धविराम सम्झौताको दोस्रो चरणबारे छलफल गर्न अमेरिकामा नेतन्याहु

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु अमेरिका प्रस्थान गरेका छन् । गाजामा प्यालेष्टिनी सशस्त्र समूह हमाससँग युद्ध विराम सम्झौताको दोस्रो चरणबारे छलफल गर्न उनी अमेरिका गएको उनको कार्यालयले जनाएको छ ।
दोस्रो चरणबारे सोमबार देखि वासिङ्टनमा छलफल हुने नेतन्याहुको कार्यालयले बताइएको छ । जनवरी १९ मा गाजामा युद्ध विराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको श्रेय आफैँले लिएका थिए ।
मंगलबार ह्वाइट हाउसमा ट्रम्पले नेतन्याहुको स्वागत गर्ने अपेक्षा गरिएको छ । जनवरी २० मा कार्यभार सम्हालेयता नेतन्याहु ट्रम्पले भेट्ने पहिलो विदेशी नेता बन्दैछन् । यसअघि नेतन्याहु आउन लागेको र आफुहरूबीच ठूलै छलफल हुने ट्रम्पले बताएका थिए । बैठकमा मध्य पूर्वका लागि ट्रम्पले नियुक्त गरेका दूत स्टिभ विट्क्अफको पनि उपस्थित रहने नेतन्याहुको कार्यालयले बताएको छ ।
युद्ध विराम सम्झौताको पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्दीहरूलाई रिहा गर्दैछ । यसको बदलामा इजरायलले पनि २ हजार प्यालेष्टिनी बन्दीलाई रिहा गर्नेछ । दोस्रो चरणमा बाँकी बन्दीहरूलाई रिहा गरिनेछ । यसमा युद्धलाई स्थायी तवरले अन्त्य गर्नेबारे अरु छलफल हुने ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन
-
वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर