मड्रिड डर्बी र सिटीविरुद्धको खेलअघि रियललाई झट्का
_1MQrVhl40A.png)
मड्रिड । रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगर चोटग्रस्त बनेका छन् । शनिबार एस्पानियोलविरुद्ध ०–१ गोलअन्तरले हार बेहोर्ने क्रममा रुडिगरको ह्यामस्ट्रिङमा चोट लागेको हो ।
उनी खेलको १५ औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । टोलीले उनी कति समय मैदान बाहिर रहनेछन् भन्ने जानकारी दिएको छैन ।
स्पेनिस पत्रिका डियारियो एएसका अनुसार रुडिगर कम्तीमा १७ दिन बाहिर रहनेछन् । उनले कोपा डेल रेमा लेगानेसविरुद्धको क्वार्टरफाइनल खेल, ला लिगामा एट्लेटिको मड्रिडविरुद्धको खेल र च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको पहिलो प्लेअफ गुमाउने बताइएको छ ।
रियलले एक वक्तव्य जारी गर्दै उनको दाहिने खुट्टाको बाइसेप फिमोरिसमा चोट लागेको जानकारी दिएको छ । उनको प्रगतिको अनुगमन गरिने क्लबको भनाई छ ।
रियल बुधबार लेगानेसविरुद्ध खेल्नेछ भने शनिबार मड्रिड डर्बीमा एट्लेटिको स्वागत गर्नेछ । च्याम्पियन्स लिगमा सिटीविरुद्धको खेलका लागि टोली फेब्रुअरी ११ मा इंग्ल्याण्ड पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने