सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

ईयूमाथि पनि छिट्टै अतिरिक्त कर लगाउँदै अमेरिका

सोमबार, २१ माघ २०८१, १३ : ५३
सोमबार, २१ माघ २०८१

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)माथि छिट्टै अतिरिक्त कर लगाइने बताएका छन् । ‘युरोपेली संघले अमेरिकाको फाइदा उठाएको छ,’ उनले भनेका छन् ।

‘उनीहरू हाम्रा गाडीहरू किन्दैनन्, हाम्रो कृषि उत्पादनहरू पनि किन्दैनन्, उनीहरू हामीबाट लगभग केही पनि लिँदैनन् । हामी भने उनीहरूका लाखौँ कारदेखि लिएर ठुलो मात्रामा खाद्यान्न र कृषि उपजसम्म सबै कुरा किन्छौँ,’ ट्रम्पले भनेका छन् । ईयूमा कर कहिले लगाउने भनेर बीबीसीले सोध्दा ठ्याक्कै यही दिनदेखि लगाउने भनेर भन्न नसके पनि छिटै कर लगाइने ट्रम्पको भनाइ थियो ।

‘विश्वका लगभग सबै देशले अमेरिकालाई धोका दिएका छन् । हामी लगभग सबै देशहरूसँग व्यापार घाटामा छौँ र हामी यसलाई परिवर्तन गर्नेछौँ । यो ठिक होइन,’ राष्ट्रपति ट्रम्पको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप