अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुल्मीस्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गलत लिखत तयार एवं गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर भएको उनको भनाइ छ ।
शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शिक्षक छनौटको कुनै कानुनी प्रक्रिया पूरा नगरी असम्बन्धित व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको, निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिकामा पेस गरी गैर कानुनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ट तलब बुझेको पाइएको अख्तियारको भनाइ छ ।
सापकोटासहित तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेम नारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेलाई प्रतिवादी बनाएर कसुर तथा सजायको मागदाबी लिई मुद्दा दायर गरिएको भन्दै घिमिरेले प्रतिवादीहरूसँग ८ लाख ८७ हजार ८८० बिगो माग गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- आशातीत प्रगति हुन सकेको छैन तर निराश भइहाल्ने अवस्था छैन
-
कानुन विपरीत चलाए कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
-
मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन
-
माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने
-
क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प
-
माओवादीले स्थानीय तहका प्रमुख उपप्रमुखको भेला गर्ने