समाचार
जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियो, ममर्तबारे छलफलमा निगम
सोमबार, २१ माघ २०८१, १३ : ३८

काठमाडौं । जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रिएको छ । आरए ४३४ नम्बरको बाइडबडी जहाज बिग्रिएपछि उडान हुन नसकेको हो ।
नेपाली समय अनुसार बिहान ६ः१० मा उडान भर्न लागेको जहाजको टायर पड्किएपछि उडान हुन नसकेको हो ।
नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले टायर पड्किएपछि यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
‘टायर ब्लास्ट भएको हो । त्यसलाई बनाउनुपर्ने भएको छ । यतबाट प्राविधिक लैजाने कि उतैको प्राविधिक लगाएर मर्मत गर्ने भन्ने छलफल गनए अहिले हामी बसिरहेका छौं, निर्णय गरेर मर्मत अगाडी बढाउँछौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?
-
कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा