सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा

सोमबार, २१ माघ २०८१, १३ : ३१
सोमबार, २१ माघ २०८१

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा मङ्गलवार उक्त प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै मङ्गलवार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

gandaki

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप