काठमाडौँलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछ : वनमन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिएका छन् । न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरूले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरूका सुझाव, गुनासो तथा नवीनतम आविष्कारलाई सम्बोधन गर्ने गरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताएका हुन् ।
उनले यथार्थमा हरित सहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताए । उनले ४० माइक्रोन भन्दा कमको प्लास्टिकलाई प्रतिबन्ध लगाइएकाले अहिले सिंहदरबार प्लास्टिक मुक्त बनेको बताए ।
उनले बिस्तारै काठमाडौँलाई नै प्लास्टिकमुक्त राखिने बताए । उनले वन डढेलो नियन्त्रण, खडेरीमा सिँचाइको वैकल्पिक व्यवस्था लगायत युवाहरूले उठाएका सवालहरूमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पारे ।
उनले भने– ‘४० माइक्रोन भन्दा कमको प्लास्टिकलाई प्रतिबन्ध लगाइएको छ । त्यसैले अहिले सिंहदरबार प्लास्टिकमुक्त बनेको छ । विशेष गरी काठमाडौँ उपत्यकाकालाई नै प्लास्टिकमुक्त बनाउन महानगरपालिका, वन तथा वातावरण मन्त्रालय लगायत सम्बद्ध सबैको प्रयास भएको छ । नीति कार्यान्वयन गर्ने प्रक्रियामा हामी छौँ । वन तथा वातावरण मन्त्रालयमा युवामैत्री कक्ष होस् भन्ने कुरामा निकट भविष्यमा नै व्यवस्था गरिने विश्वास दिलाउन चाहन्छु । हरित सहर बनाउने विषयमा ध्यानाकर्षण भएको छ । हामी त्यतातिर अघि बढ्नेछौँ । वन डढेलो नियन्त्रण , खडेरीमा सिँचाइको वैकल्पिक व्यवस्था सम्बन्धमा सबै निकाय सजग र सतर्क छौँ । हाम्रो ध्यान गएको छ । ’
मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला