युवाहरूलाई प्रधानमन्त्रीको सुझाव : व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ता आत्मनिर्भरता बन्नेतर्फ लाग्नुपर्ने बताएका छन् । काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।
‘जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गरौँ ताकी उनीहरू आफै आत्मनिर्भर हुन सकुन्’, प्रधानमन्त्रीले भने– ‘केही नयाँ चिज गर्न सकुन् र अरूलाई पनि रोजगारीका अवसरहरू दिन सकुन् । त्यसतर्फको जनशक्ति तयार गर्न सकौँ।’
साथै प्रधानमन्त्रीले युवाहरूलाई कहिल्यै पनि गलत सङ्गतमा नलाग्न आग्रह गरेका छन् । ‘गलत सङ्गतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । सङ्गत ठिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डङ्गुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डङ्गुरमा झिँगाको साथ लाएर जान हुँदैन ।’
राष्ट्रिय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारले पहल गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै
-
सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने