ग्रामी अवार्ड : बियोन्सेलाई पहिलोपटक ‘वर्षको उत्कृष्ट एल्बम’ (विजेताको सूचीसहित)
लस एन्जलिस । गायिका बियोन्सेले इतिहासमा सबैभन्दा धेरै ग्रामी अवार्ड जितेकी छन् । तर, उनले हालसम्म ‘वर्षको उत्कृष्ट एल्बम’ भने जित्न सकेकी थिइनन् ।
यस पटकको ग्रामी अवार्डमा उनले त्यो कमी पूरा गरेकी छन् । अमेरिकाको लस एन्जलिसमा आयोजित कार्यक्रममा उनको ‘काउब्वाई कार्टर’ एल्बमले सो अवार्ड जित्न सफल भएको हो ।
र्यापर केन्ड्रिक लमारले ‘नट लाइक अस’ गीतका लागि उत्कृष्ट र्याप प्रस्तुति, वर्षको उत्कृष्ट गीत र रेकर्ड अफ द ईयरको अवार्ड हात पारे । यसपटक च्यापेल रोन, सर्बिना कार्पेन्टेर, डोएची लगायतले अवार्ड जित्न सफल भए ।
यस्तो छ विजेताहरूको सूची:
एल्बम अफ द ईयर – काउब्वाई कार्टर, बियोन्से
रेकर्ड अफ द ईयर – नट लाइक अस, केन्ड्रिक लमार
सङ अफ द ईयर – नट लाइक अस, केन्ड्रिक लमार
बेस्ट न्यू आर्टिस्ट – च्यापेल रोन
बेस्ट पप सोलो पर्फर्मेन्स – एस्प्रेसो, सर्बिना कार्पेन्टर
बेस्ट पप भोकल एल्बम – सर्ट एन्ड स्वीट, सर्बिना कार्पेन्टर
बेस्ट पप डुओ/ग्रुप पर्फर्मेन्स – डाई विथ अ स्माइल, लेडी गागा र ब्रुनो मार्स
बेस्ट र्याप एल्बम – एलिगेटर बाइट्स नेभर हिल, डोएची
बेस्ट र्याप पर्फर्मेन्स – नट लाइक अस केन्ड्रिक लमार
बेस्ट कन्ट्री एल्बम – काउब्वाई कार्टर, बियोन्से
बेस्ट कन्ट्री सोलो पर्फर्मेन्स – इट टेक्स अ वुमन, क्रिस स्टाप्लटन
बेस्ट रक एल्बम – ह्याक्नी डाइमन्ड्स, द रोलिङ स्टोन्स
बेस्ट रक पर्फर्मेन्स – नाउ एन्ड देन, द बिटल्स
बेस्ट आर एन्ड बी एल्बम – ११ः११ डिलक्स, क्रिस ब्राउन
बेस्ट आर एन्ड बी पर्फर्मेन्स – स्यार्टन, एसजीए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै