सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

युनाइटेड छाडेर भिल्ला पुगे रासफोर्ड

सोमबार, २१ माघ २०८१, १३ : ००
सोमबार, २१ माघ २०८१

लण्डन । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्ड ऋणमा अर्को प्रिमियर लिग क्लब एस्टन भिल्लासँग अनुबन्ध भएका छन् । २७ वर्षीय खेलाडीले सिजनको अन्त्यसम्मका लागि क्लबसँग करार सम्झौता गरेका छन्, जसमा उनलाई किन्न सक्ने विकल्प पनि राखिएको छ ।

युनाइटेडका स्रोतका अनुसार भिल्लाले रासफोर्डको तलबको ७५ प्रतिशत रकम बेहोर्नेछ । क्लबले युनाइटेडलाई ऋणको रकम तिर्नेछैन । इन्सटाग्राममा एक सन्देश लेख्दै रासफोर्डले यो ऋण सम्झौता सम्पन्न गरेको युनाइटेड र भिल्लालाई धन्यवाद दिएका छन् ।

‘म मात्र फुटबल खेल्न चाहन्छु र नयाँ सुरुवातका लागि उत्साहित छु,’ उनले भने । युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमसँग सम्बन्ध बिग्रिएपछि रासफोर्ड टोलीमा पर्न सकेका थिएनन् । गत डिसेम्बरमा म्यानचेस्टर डर्बीमा टोलीमा नपरेपछि इंग्ल्याण्डका खेलाडीले आफू ‘नयाँ चुनौतीका लागि तयार’ रहेको बताएका थिए ।

भिल्लाले पेरिस सेन्ट जर्मेनका मिडफिल्डर मार्को असेन्सियोलाई पनि ऋणमा अनुबन्ध गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप