‘आन्तरिक अर्थतन्त्र चलायमान हुन थाल्यो, अब बैंकहरूको एनपीए सुधार हुन्छ’
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात हिजो जुन हिसाबले जसरी ठाडो किसिमले बढिरहेको थियो, त्यो तेर्सो क्रमले अघि बढ्न खोजिरहेको छ । भन्नुको अर्थ, हिजोकै ट्रेन्डमा बाह्य क्षेत्रको वृद्धि भइराख्ने अवस्था र मार्केटमा पनि लिक्विडिटी त्यसैगरी बढेको बढ्यै भएर जाने अवस्था अब छैन । यो अब अलिकति घट्ने स्थिति हामीले देखिरहेका छौँ ।
समग्रमा बैंकिङ सिस्टमभित्र परेको रिकभरीको जुन समस्या छ, यसको लागि हामीले मौद्रिक नीतिमार्फत् नै एएमसीको लागि कानुन बनाउने भनेका छौँ । कानुन बनाउने काम ट्राफ्टिङको काम भइरहेको छ । हामी आशावादी छौँ, त्यसले खुद निष्क्रिय सम्पत्ति (एनपीए) घटाउनलाई केही न केही सहयोग चाहिँ हुन्छ । पूर्ण रिस्टक्चरिङको काम चाहिँ त्यति सहज छैन ।
हामी सम्पत्ति व्यवस्थापन कम्पनीको मस्यौदाको लागि तयारी गरिरहेका छौँ । यसका लागि हामीकहाँ एउटा कार्यदल छ । यसले केही काम गरिरहेको छ । यो रिकभरीको कुरा चाहिँ धेरै हदसम्म इकोनोमिक स्लोडाउनसँग गाँसिएको छ । यो सुधार हुँदै जाँदा बैंकहरुको एनपीए लेभल सधैँ उभो नै जान्छ भन्ने होइन, यो सुधार हुन्छ भन्ने आशा छ हामीलाई । त्यो सुधार भइराख्दाखेरि बैंकको प्रोफिक्टाबिलिटी, बैंकहरुको इक्विटी सबै कुराहरूलाई यसले सकारात्मक प्रभाव पार्नेछ । हामीले आशा गरौँ, यसले भोलिका दिनमा सकारात्मक प्रभाव नै पार्नेछ ।
अहिलेसम्म हामीले बैंकिङ सिस्टमभित्र परेको जुन स्ट्रेस हुन्छ वा प्रेसर हो त्यसलाई म्यानेज गरेर हामीले बैंकहरुलाई स्टेबल बनाएका छौँ चाहे त्यो चाहे त्यो कन्सोलिडेसन थ्रु होस् वा अरू विभिन्न उपकरणको प्रयोग गरेर रिजिलियन्ट बनाएका छौँ, सानोतिनो धक्काले छुन नसक्ने बनाएका छौँ । त्यो महत्त्वपूर्ण पाटो हो, त्यसलाई लिएर हामी अघि बढ्नुपर्छ । हामीले मान्नुपर्छ, अप्ठ्यारो बेलामा कस्टुमरलाई सघाउने बैंकिङ हो, त्यसपछि अहिले पनि सस्टेन गर्न सकेको छ, रिजिलेन्ट छ, त्यो अर्थमा पनि हाम्रो बैंकिङलाई राम्रै मान्नुपर्छ ।
यत्तिबेलाको समयमा बैंकिङ कम्युनिटीको रोल आफ्ना कस्टुमरहरुलाई काउन्सिलिङ गर्ने, फ्यासिलेट गर्ने, के भनिदिँदा कस्टुमरलाई सहयोग पुग्छ त्यो गरिदिने गर्नुपर्छ । एउटा कस्टुमर ४० औं, ५० औं वर्षसम्म उद्यमी बनिसकेको मान्छे छ, उसको टेक्निकल्ली तलमाथि भएको आधारमा टेक्नीकल्ली ऊ ब्ल्याकलिस्ट भइदियो भने भोलिपल्टदेखि उसको सारा सबै कुरा बन्द हुन्छ ।
त्यो लोन दिएर बैंकसँग उसले रिलेसन स्ट्याब्लिस भएको कारणले उसले बैंकको सहयोगमा उद्यमी बन्दै बन्दै धेरै काम गरिसक्यो । अहिले आइराख्दा इकोनोमीमा परेको असर वा फाइनान्सियल प्लानिङमा भएको कमजोरीका कारणले उद्यमीबाट बाहिर निस्किने स्थिति आउन सक्छ । यस्तो बेलामा बैंकरको महत्त्वपूर्ण रोल हुन्छ । हैन मेरो काम त बैंकलाई लोन दिनु थियो,, दिएँ अरू काम तपाईँको हो भनियो भने त्योबेला समस्या हुन्छ ।
हाम्रो व्यवसायहरू कतिपय अवस्थामा प्लान्ड हिसाबले काम गर्दैनन्, लोन पाएपछि काम गर्यो, हिँड्यो गर्ने हुन्छन् । बैंकले अलिकति काउन्सिलिङ गर्ने हो भने त्यो ऋणी बाँच्न सक्छ । उसको फाइनान्सियल म्यानेजमेन्ट हुन सक्छ, उसले फर्दर बिजनेसहरु गर्न सक्छ । त्यस्तो काममा आफ्ना स्टाफहरूलाई अलिकति ओरियन्टेसन गर्ने, फ्यासिलेट गर्न सक्नुहुन्छ जस्तो लाग्छ । त्यसैले फाइनान्सियल भन्दा पनि काउन्सिलङको काम गर्न पनि सहयोग पुग्छ भन्ने लाग्छ ।
पछिल्लो महिना आयात निर्यात दुवै बढिरहेको छ । पुसको आयात निर्यात हेर्दा हामी त्यो पाउँछौँ, यो एभरेजभन्दा निकै माथि छ । हाम्रो विगत दुई वर्षको एभरेज आयात १३० अर्ब प्रतिमहिना हो भने अहिले पुसमा मात्रै १६१ अर्ब आइरहेको छ । त्यो भनेको निकै राम्रो हो । यसले के जनाउँछ भने हाम्रो आन्तरिक अर्थतन्त्रमा केही न केही एक्टिभिटीहरु बढ्न खोजिरहेको छ । त्यो इम्पोर्टभित्र पनि क्यापिटल गुड्स आइरहेको छ भने भोलिको दिनमा पुँजी निर्माणलाई यसले सहयोग पुर्याउँछ ।
दीर्घकालमा देशको आर्थिक विकासमा सघाउँछ भन्ने देखाउँछ । केही मात्रामा त्यस्ता खालका सामानको आयात भइरहेको पनि हामी देख्छौँ । केही चाहिँ पाम आयल, सोयाबिन आयलसँग सम्बन्धित एक्सपोर्टसँग सम्बन्धित आयातले पनि एक्सपोर्ट ग्रोथ भएको हामी देख्छौँ । यस अर्थमा स्लो डाउन पनि सुधार होला भन्ने अर्थमा हामी देख्न सक्छौँ ।
स्लोडाउन पनि क्रमशः सुधार होला भन्ने आशा हामी गर्न सक्छौँ । केही समस्या हामीले निर्माण क्षेत्रमा देखेका थियौँ, त्यसलाई एड्रेस गर्न राष्ट्र बैंकले गर्नसक्ने पहल हदैसम्मको गरेका पनि हौँ । यसले केही रिलिफ पनि भयो होला उहाँहरूलाई । तर पनि पेमेन्टको इस्यु अघिले पनि सुनिरहेका छौँ, हुन त यसमा एक प्रकारको ग्याप हामी देख्छौँ । सरकारबाट तिर्नुपर्ने खासै ठुलो रकम छैन भन्ने कुरा भइरहेको छ, तर उहाँहरू चाहिँ धेरै छ भनिराख्नुभएको छ । त्यो ग्यापको केही कारणहरू पनि हामीले प्रस्ट रूपमा थाहा पाउन सक्छौँ । किन त्यस्तो भइरहेको छ भन्नेबारे हामीले थाहा पाउन सक्छौँ, केही एनालाइसिस समेत भएको छ हाम्रो ।
अरु सेक्टरको सन्दर्भमा चाहिँ जुन खर्च गर्ने संयन्त्रको कमजोरी छ, त्यो अहिलेसम्म पनि कायमै छ । वर्षको अन्त्यमा गएर मात्रै खर्च हुने प्रवृत्ति अहिले पनि छ । त्यसको असर अहिले पनि समग्र सिस्टममा परिरहेकै अवस्था हो ।
(अर्थतन्त्र र वित्तीय क्षेत्रको अवस्था र आगामी दिशाबारे नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले आइतबार व्यक्त गरेको विचार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- आशातीत प्रगति हुन सकेको छैन तर निराश भइहाल्ने अवस्था छैन
-
कानुन विपरीत चलाए कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
-
मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन
-
माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने
-
क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प
-
माओवादीले स्थानीय तहका प्रमुख उपप्रमुखको भेला गर्ने