‘जनै हराएको बाहुन’को छायांकन चैतमा

काठमाडाैँ ।अभिनेता विजय बरालको मुख्य अभिनय रहने फिल्म हो ‘जनै हराएको बाहुन’ । फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । फिल्म हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । हिमाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
‘प्रेमगीत ३’का अभिनेता मनिष राउत एसोसिएट निर्देशक रहने फिल्मलाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको रहने फिल्मको निर्माता सीआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।
गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनको कथा फिल्मले उठाउने निर्देशक न्यौपानेले बताए । नवीन गुरुङको छायांकन रहने फिल्मको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) रहेका छन् भने भीएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् ।
फिल्मका लागि अन्य कलाकार र प्राविधिक टोली केही दिनमै टुङ्गो लाग्नेछन् । फिल्मका गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहनेछ ।
यस्तैमा निर्माण युनिटले फिल्मको थिम पोस्टर र केही संवाद सार्वजनिक गर्दै पुरस्कार अफर समेत बाहिर ल्याएको छ । थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेले फिल्मको गीत गाउने अवसर प्राप्त गर्नेछ । प्राप्त स्वरमध्ये उत्कृष्ट स्वरलाई फिल्मको गीत गाउने अवसर दिने निर्देशक न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
-
कराँते खेलाडी मोहम्मद शेखु अमेरिकामा नगदसहित सम्मानित
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा