युवालाई प्रधानमन्त्री ओलीको सुझाव : झिँगाको होइन मौरीको सङ्गत गर्नुहोस्
सोमबार, २१ माघ २०८१, १२ : २५
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
‘गलत सङ्गत बहुत खतरनाक चिज हो । त्यस्तो सङ्गत कहिल्यै नगर्नोस् । राम्रोको सङ्गत गर्नुभयो भने सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ । नराम्रोको सङ्गत गर्नुभयो भने निराशामा फस्ने, इर्स्यालु बन्ने सम्भावना हुन्छ । यसले जिन्दगी बर्बाद बनाउँछ ।’
उनले भने– ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ । झिँगाको साथ लाग्नुभयो भने फोहरमा पुग्नुहुन्छ । मौरीले मह जस्तो औषधी दिन्छ । तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ । त्यसमा सचेत रहेर काम गर्नोस् । अरूको लहै लहैमा लागेर निर्णय लिनुभन्दा आफूले बुझेर निर्णय लिँदा सफल भइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै