सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकाले ‘दुष्ट’ भनेपछि रिसायो उत्तर कोरिया

सोमबार, २१ माघ २०८१, ११ : ५६
सोमबार, २१ माघ २०८१

 प्योङयाङ । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्रीविरुद्ध आक्रोश पोखेको छ । उत्तर कोरियालाई दुष्ट देश भनेपछि किम जोङ उनको प्रशासनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई चेतावनी दिँदै यस्तो असभ्य र अर्थहीन टिप्पणीले कहिल्यै पनि अमेरिकी हितलाई पूरा नगर्ने बताएको हो । यस्ता अभिव्यक्तिले शत्रुता कहिल्यै समाप्त नगर्ने समेत उत्तर कोरियाको भनाइ छ । 

अमेरिकी विदेश नीति प्रमुखले आफ्नो वचन र काम मार्फत एक पटक फेरि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाप्रति आफ्नो देशको शत्रुतापूर्ण नीति प्रदर्शन गरेको उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ । रुबियोको टिप्पणीले नयाँ अमेरिकी प्रशासनको उत्तर कोरियाप्रति गलत सोचलाई प्रतिबिम्बित गर्ने पनि उसको भनाइ छ । 

जनवरी ३० मा एक कार्यक्रममा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले उत्तर कोरिया र इरानलाई विदेश नीतिको सन्दर्भमा दुष्ट देशहरूको संज्ञा दिएका थिए ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने किमलाई ‘स्मार्ट’ मान्छे भन्दै टिप्पणी गरेका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्पर्क गर्ने समेत बताएका थिए । आफूले किमसँग राम्रो सम्बन्ध स्थापित गरेको र किम धार्मिक कट्टरपन्थी नभएको पनि उनले बताएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप