सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

ट्रम्पले चीन–क्यानडा–मेक्सिकोमाथि अतिरिक्त महसुल लगाएपछि सेयर बजारमा भुँइचालो

सोमबार, २१ माघ २०८१, ११ : ३७
सोमबार, २१ माघ २०८१

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त महसुल लगाएपछि एसियाली सेयर बजारमा भुँइचालाे गएको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियामा अधिकांश प्रमुख सेयर बजार राताम्य बनेका छन् । अमेरिकाले अतिरिक्त महसुल लगाएपछि यसले पार्ने प्रभावबारे चिन्ताका बिच बजार ओरालो लागेका हुन् ।

सोमबारको कारोबारमा एसियामा सबैभन्दा धेरै कमी ताइवानी बजारमा देखियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह ११ः३० बजे ताइवानको ताइवान वेटेड ३ दशमलव ५७ प्रतिशतको कमीसहित २२ हजार ६४४ दशमलव २३ अंकमा आएको थियो ।

जापानमा निक्केई २२५ परिसूचक पनि २ दशमलव ८९ प्रतिशतले घटेर ३८ हजार ४३२ दशमलव ७४ अंकमा ओर्लिएको थियो । दक्षिण कोरियामा कोस्पी २ दशमलव ८२ प्रतिशतले घट्दै २ हजार ४५० दशमलव ९६ प्रतिशतमा समेटिँदा इन्डोनेशियामा जर्काता कम्पोजिट पनि २ दशमलव ३२ प्रतिशतले घटेर ६ हजार ९४७ दशमलव ७७ अंकमा आएको थियो ।

चीनमा भने सोमबार बजार बन्द थियो । हङकङमा हाङशेङ १ दशमलव शून्य २ प्रतिशतले घटी २० हजार १८ दशमलव ३९ अंकमा झरेको थियो । भारतमा पनि निफ्टी शून्य दशमलव ८१ प्रतिशतले घट्दै २३ हजार ३७६ दशमलव ५ अंकमा ओर्लिएको थियो । 

सिंगापुर र थाइल्यान्डमा पनि बजार रातोमा आएका थिए । अमेरिकामा शेयर बजार ओरालो लाग्न सक्ने फ्यूचर्सले देखाएका छन् । शुक्रबार बजार बन्द हुँदा एसएन्डपी ५०० र नास्डाक दुबै रातोमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप