खैरो हेरोइनसहित १ जना पक्राउ
सोमबार, २१ माघ २०८१, ११ : २०

रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले सोमबार जानकारी दिए ।
उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर ४ चिडियादल टोल बाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट