क्यानडाले निकाल्यो अतिरिक्त महसुल लगाउने अमेरिकी सामानको सूचि

क्यानबेर्रा । अमेरिकाले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाएको एक दिनपछि क्यानडाले पनि अमेरिकी सामानमा सोही अनुपातमा अतिरिक्त कर लगाएको छ । जस्तालाई तस्तै गर्ने नीति अनुसार क्यानडाका अर्थमन्त्री डोमिनिक लेब्लाङ्कले आइतबार क्यानडा सरकारले कर लगाउने अमेरिकी सामानको सूचि जारी गरेका छन् ।
क्यानडाले अमेरिकाबाट आउने लगभग ३० अर्ब डलर बराबरका सामानमा भन्सारमा अतिरिक्त शुल्क लगाउनेछ । यी उत्पादनहरूको सूचिमा अमेरिकामा बनेका रक्सी, घरायसी सामान, औजार, हतियार, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, लुगा आदि समावेश छन ।
हामी यो लडाई हार्ने छैनौं– क्रिस्टिया फ्रिल्याण्डले
एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । अमेरिकाले चीनबाट आउने सामानमा पनि १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
‘हामी यसलाई लिएर युद्ध लड्न चाहँदैनौं, तर हामी यसलाई हार्ने पनि छैनौं,’ क्यानडाकी प्रधानमन्त्री पदकी उम्मेदवार क्रिस्टिया फ्रिल्याण्डले अमेरिकी उत्पादनहरूमा कर लगाउने सरकारको निर्णयको बचाउ गर्दै भनिन् । फ्रिल्याण्डले अतिरिक्त महसुल युद्धलाई नराम्रो भन्दै यसले सबैलाई हानि पुर्याउने बताइन् ।
अमेरिका कयौँ सामानका लागि क्यानडामाथि निर्भर रहेकोले यसले अमेरिकी जनतालाई उल्टै धेरै समस्या हुने निम्त्याउने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द