निफको निर्णायक थपिए निर्देशक गौचन र अभिनेत्री पन्त
काठमाडौंँ । आगामी चैत्र ७ देखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा दुई सदस्य थपिएका छन् । छोटा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समिति सदस्यमा थपिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबिच छलफल तथा कार्यशाला सञ्चालन हुने महोत्सवका अध्यक्ष केपी पाठकले बताए । महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका जनाएको छ ।
महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको सो सम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?