कर विवाद : क्यानडा र मेक्सिकोसँग ट्रम्पले वार्ता गर्ने

काठमाडौँ । क्यानडा र मेक्सिकोको सामानमा २५ प्रतिशत कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले आइतबार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको कर मंगलबार रातिदेखि लागू हुन लागेका बेला उनले यस्तो बताएका हुन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले प्रतिक्रियामा अमेरिकामाथि कर लगाउने बारेमा कुरा गरेका थिए।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका थिए, 'डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ।' उनको सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताइएको छ ।
सोही समयमा, मेक्सिकोका राष्ट्रपतिले पनि अमेरिका विरुद्ध पनि प्रतिशोधात्मक कारबाही बताएका थिए । जसमा कर पनि समावेश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको खबरदारी सभा
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब