डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमा एक पोस्टमा यो कुरा बताएका हुन्।
पदभार ग्रहण गर्ने बित्तिकै धेरै देशहरूमा कर लगाउनुका साथै विदेशमा दिइने सहायता बन्द गरेका ट्रम्पले अफ्रिकालाई दिइने सहयोग समेत रोक्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले भने, 'दक्षिण अफ्रिकाले केही समूहका मानिसहरूलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उलंघन गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो ।'
उक्त देशले खुलेआम मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाउँदै उनले भने, 'अमेरिकाले यो सहने छैन र यसको विरुद्ध कारबाही गर्नेछ।'
राष्ट्रपति ट्रम्पले अगाडि भने, 'परिस्थितिको अनुसन्धान नभएसम्म म दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहयोग रोक्नेछु।'
यसअघि ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा २५ प्रतिशत भन्सार लगाएका थिए। अमेरिकी सरकारको तथ्याङ्क अनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलरको सहायता दिएको थियो।
आफ्नो पहिलो कार्यकालमा, राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको कथित सामूहिक हत्या र जग्गा कब्जाको अनुसन्धान गर्ने वाचा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?