ट्रम्पको अतिरिक्त महसुलले अमेरिकी भान्सामा महँगिँदैछ तरकारीदेखि बियरसम्म
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः क्यानडा, चीन र मेक्सिको विरुद्ध भन्सार लगाएर आफ्नो चुनावी वाचा पूरा गरेका छन् । ट्रम्पले फेन्टानिल नामक लागू औषधि र अवैध आप्रवासीहरूलाई अमेरिका प्रवेश गर्नबाट रोक्न दबाब दिन क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाएका छन् ।
क्यानडा र मेक्सिकोसँग अमेरिकाको सीमा जोडिएको छ । यी सीमा भएर अवैध आप्रवासीहरू अमेरिका आइरहेका छन् ।
यसैबिच मंगलबारदेखि लागू हुने गरी मेक्सिकोबाट आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइनेछ । क्यानडाबाट आउने धेरैजसो सामानहरूमा पनि २५ प्रतिशत कर लाग्नेछ । तर कच्चा तेल जस्ता ऊर्जा स्रोतहरूमा भने १० प्रतिशत अतिरिक्त कर लगाइनेछ । ट्रम्पले चीनबाट आउने सामानमा पनि १० प्रतिशत अतिरिक्त कर लगाएका छन् ।
यी कदमले यी देशहरूलाई अवैध आप्रवासन र लागूपदार्थको तस्करी रोक्न दबाब दिने ट्रम्प र उनका समर्थकहरूको विश्वास छ । यसलाई उनीहरूले ट्रम्पको आर्थिक रणनीतिको एक हिस्सा बताइरहेका छन् । स कदम मार्फत उनले अमेरिकी अर्थतन्त्रलाई बढाउने, अमेरिकी जनताको हितको रक्षा गर्ने र रोजगारी बढाउने कुरामा जोड दिइरहेका छन् ।
ट्रम्पले चुनावी अभियानको क्रममा यो पनि भनेका थिए कि यी शुल्कहरू यो अमेरिकीहरूका लागि लागत नभएर निर्यातकर्ता देशको लागि लागत हुनेछ भनेका थिए । तर विश्वभरका धेरै अर्थशास्त्रीहरूले ट्रम्पको यो निर्णयमा आश्चर्य व्यक्त गरेका छन् । उनले ट्रम्पको यो कदम अन्य देशहरूका लागि मात्र हानिकारक नभएर आम अमेरिकीहरूका लागि पनि ठुलो खतरा भएको उनीहरू बताउँछन् ।
यी उपायहरूले अमेरिकी व्यवसाय र उपभोक्ताहरूमा नकारात्मक प्रभाव पार्ने चेतावनी अमेरिकी अर्थशास्त्रीहरूले दिएका छन् ।
- के हो अतिरिक्त महसुल अर्थात् ट्यारिफ ?
सजिलो भाषामा भन्नु पर्दा अतिरिक्त महसुल घरेलु कर जस्तै हो । कुनै पनि देशमा प्रवेश गर्ने सामानमा भन्सारमा लगाइन्छ । यसको भुक्तानी आयात गर्ने कम्पनीले चुकाउँछ । सामान पठाउने विदेशी कम्पनीले होइन । यसको अर्थ यो कर अमेरिकी कम्पनीले सरकारलाई बुझाउने हो । २०२३ मा अमेरिकाले ३१ खर्ब डलर बराबर सामान आयात गरेको थियो । यो भनेको अमेरिकी जीडीपीको ११ प्रतिशत हो । यसमाथि लगाइएको अतिरिक्त महसुलबाट सरकारले ८० अर्ब डलर कमाएको थियो । यो भनेको अमेरिकी सरकारको कर राजश्वको २ प्रतिशत थियो ।
यतिबेला ट्रम्पले लगाएको अतिरिक्त महसुलको बोझ अमेरिकीहरूमा कस्तो पर्ला भन्ने प्रश्न उठिरहेका छन् । आयात गर्दा बढी पैसा तिर्नु परेकोले यसको भार उपभोक्ताहरूको काँधमा राखिदिन आयातकर्ता कम्पनीले कर मूल्य बढाइदियो भने यसको भार अमेरिकी उपभोक्तालाई पर्नेछ । ट्रम्पको अघिल्लो कार्यकालमा लगाइएको अतिरिक्त महसुलको बोझ अमेरिकी उपभोक्ताहरूले बेहोरेको कयौँ अर्थशास्त्रीहरूले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
यी शुल्कहरूको प्रभाव अमेरिका र विश्वको लागि धेरै नकारात्मक हुने कोलम्बिया विश्वविद्यालयका नोबेल पुरस्कार विजेता प्रोफेसर जोसेफ स्टिग्लिट्ज भन्छन् । यसले स्पष्ट रूपमा मुद्रास्फीति निम्त्याउने उनको भनाइ छ । क्यानडा र मेक्सिकोबाट आयात गरिने कार र अटो पार्टपुर्जामा कर लगाउँदा अमेरिकामा कारको मूल्य बढ्न सक्छ र यो वृद्धिले कार खरिदकर्ताहरूलाई मात्र नभई यस उद्योगका कामदारहरूलाई पनि असर गर्नेछ ।
यी सामानको बढ्नेछ मूल्य
सीएनएनको रिपोर्ट अनुसार, लोयोला मेरीमाउन्ट विश्वविद्यालयका वित्त र अर्थशास्त्रका प्राध्यापक सुङ वोन सोनले भनेका छन् कि उपभोक्ताहरूको अवस्था झनै खराब हुँदै गइरहेको छ । उनले भने, ‘जब शुल्कको कुरा आउँछ, यो आर्थिक युद्ध हो । र युद्धमा कसै न कसैले त हार्छ नै । शुल्क लगाइएका तीन देशहरूले अमेरिकाको आयातको एक तिहाइ हिस्सा ओगटेका छन् । यी देशहरूबाट आयात हुने वस्तुहरूमा तरकारी, मासु, ग्यास, अटोमोबाइल, इलेकट्रोनिक्स, खेलौना, कपडा, काठ र मदिरा पर्छन् ।
- खाद्य पदार्थ:
मेक्सिको र क्यानडाले अमेरिकालाई फलफूल, तरकारी, अन्न, मासु र कुखुरा जस्ता खाद्यान्न आपूर्ति गर्छन् । यूएडीएको तथ्याङ्कअनुसार गत वर्ष अमेरिकाले मेक्सिकोबाट ४६ अर्ब डलरको कृषि उत्पादन आयात गरेको थियो । यसमध्ये ८ अर्ब ३० करोड डलरको ताजा तरकारी थियो । अर्को ५अर्ब ९ करोड डलरको बियर र ५ अर्ब डलरको डिस्टिल्ड स्पिरिट भित्रिएको थियो । अर्ब डलरको ताजा फलफूल आयात गरिन्छ । यसमा एभोकाडो मात्रै ३ अर्ब १० करोड डलरको थियो । यस्तोमा ट्रम्पको करले खाद्यान्नको मूल्य बढाउने विश्लेषण गरिएको छ ।
- इन्धनः
अमेरिकाले आफ्नो अधिकांश इन्धन क्यानडाबाट आयात गर्छ । प्रत्येक वर्ष क्यानडाबाट ९७ अर्ब डलरको तेल र ग्यास अमेरिका भित्रिन्छ । यही कारणले गर्दा ट्रम्पले ऊर्जा उत्पादनहरूमा केवल १० प्रतिशत मात्र कर लगाएका छन् । यस कारणले गर्दा, पेट्रोलको मूल्यमा असर पर्नेछ ।
- कार र अटो पार्टपुर्जा:
मेक्सिकोले अमेरिकामा ४ खर्ब ८७ अर्ब मूल्यका मोटर गाडी र ४ खर्ब ६४ अर्ब मूल्यका पार्टपुर्जा पठाउँछ ।, अमेरिकाले क्यानडाबाट ३४ अर्ब डलर बराबरका सवारी साधन पनि आयात गर्छ । नयाँ शुल्कबारे अटो क्षेत्र चिन्तित रहेको पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सकी वरिष्ठ फेलो मेरी लभ्लीले बताइन् । अमेरिकी कार कम्पनीहरूले मेक्सिकोमा कम ज्यालामा कामदारहरू भर्ना गरेर आफ्नो लागत कम राख्न सक्षम भएका छन् । अतिरिक्त कर पछि यी कम्पनीहरूले आफ्नो उत्पादन अन्य कुनै देशमा सार्ने सम्भावना पनि छ । ट्रम्पको करले अमेरिकामा कारको मूल्य बढाउनेछ ।
- स्टिल:
अमेरिकाले हरेक वर्ष लाखौँ टन स्टिल खपत गर्छ। क्यानडा र मेक्सिको अमेरिकामा स्टिलको सबैभन्दा ठुलो निर्यातकर्ता हुन् । २०१८ मा, ट्रम्पले २५ प्रतिशत कर लगाएका थिए ।
- बियर र रक्सी:
बियर र रक्सी यस्ता चीजहरू हुन जसको खपत घट्ने वाला छैन । अमेरिकाले मेक्सिकोबाट ५ अर्ब ६९ करोड डलरको बियर र ४ अर्ब ८१ करोड डलरको वाइन आयात गर्छ । अमेरिकामा टकीला र अन्य मदिराको मूल्यमा वृद्धि देखिएको छ । मेक्सिकोबाट आयात गरिने कोरोना बियर जस्ता ब्रान्डको मूल्य अमेरिकामा बढ्न सक्नेछ ।
- निर्माण सामग्री र फर्निचर:
अमेरिकाका धेरैजसो घरहरू काठबाट बनेका हुन्छन् । निर्माण उद्योगमा प्रयोग हुने ३० प्रतिशत काठ क्यानडाबाट आउँछ । यसबाहेक, अन्य कच्चा पदार्थहरू मेक्सिको र क्यानडाबाट पनि आउँछन्। यस कारणले गर्दा अमेरिकामा घर बनाउने लागत बढ्न सक्छ ।
- खेलौना र इलेकट्रोनिक सामान:
गत वर्ष चीनबाट सबैभन्दा धेरै आयात हुने वस्तुहरू इलेकट्रोनिक्स थिए । यसमा सेलफोन, टिभी, ल्यापटप, भिडियो गेम कन्सोल, मनिटर र अन्य वस्तुहरू समावेश छन् । घरायसी सामानहरू पनि चीनबाट आयात गरिन्छ, जसमा खेलौना र जुत्ता पनि पर्छ । अमेरिकाका फुटवेयर डिस्ट्रिब्युटर्स एण्ड रिटेलर्सका अनुसार देशको ९९ प्रतिशत जुत्ता आयात गरिन्छ । अमेरिकामा बेचिने ५६ प्रतिशत जुत्ता चीनबाट आउँछन्। खेलकुदसँग सम्बन्धित धेरैजसो सामानहरू पनि चीनबाट आउँछन्। ट्रम्पको शुल्कका कारण यी सबै चीजहरू महँगो हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यसरी बनाउन सकिन्छ कर्णालीलाई आत्मनिर्भर प्रदेश’
-
‘कर्णाली प्रदेशको राजस्वको दायरा निकै साँघुरो भयो’
-
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना, तस्बिरहरू
-
गण्डकीको हिउँदे अधिवेशन आजदेखि, के छन् कार्यसूची ?
-
वसन्तपुरमा वसन्त श्रवण, तस्बिरहरू
-
‘पुँजीवादले जलवायु संकट समाधान गर्न सक्दैन’