कलम, मसी र अक्षर
जहाँ कलमका बिन्दुहरूले
ठुला-ठुला शब्दमालाकाे रचना गरेका छन्
तिनै शब्दका लहरहरूबाटै
गुञ्जायस भइरहेछ परिवर्तनका आवाज
आज त्यही दिन हो ?
अक्षरबाट शब्द अनि शब्दबाट वाक्य बनाउन
अक्षर चिनाउने दिन ।
अक्षर केवल कखराको संयोग मात्र होइन
यो त समाज विज्ञानको खाँका कोर्ने
सुनौलो आयाम हो
जहाँ अक्षरहरूले बोलिरहेका छन्
पुस्ताहरू फेरिएलान्, समय बदलिएला
तर अक्षरको उज्यालो निभ्ने छैन
यो जुनकिरीको उज्यालो झैँ
अनकन्टार रातमा पनि चम्किरहनेछ ।
अक्षरका वेगमा निर्माण भएको शब्द
शब्दका पङ्क्तिहरू सजिएर
निर्माण भएको गर्भिलाे वाक्यहरूले भन्दै छ
अक्षर चिन्नु सिकाइको पहिलो पाइला
आकाश छुने रहरको जग हो
त्यही जगमा उभिएको
ज्ञानबाट खारिएको धारले
इतिहास कोर्न सक्छ ?
अनि बदलिन्छ समाज, देश र दुनियाँ ।
अक्षरहरू केवल चिन्ह मात्र होइनन्
यो समयको प्रतिविम्ब हो
जसले पुस्ताै पुस्ताको इतिहास बोकेर
आफूलाई बेजोडको अक्षरमा चिनाइरहेछ
कलम समातेपछि हातले डर मान्दैन
केवल ज्ञानको आँधी सिर्जना हुन्छ
जहाँ कलम चल्छ, त्यहाँ संसार बदलिन्छ
शब्दहरू चिच्याएर भन्छन्
हामी !
शिखर चुम्न निस्किएका हौँ ।
अक्षरमा मान्छेको खोजी गर्ने
अनौठो अठोटका साथ
परिवर्तनका ध्वनिहरूले
साथ खोजिरहेको वेला
युगिन मिलनको संयोग हो
कलम, मसी र अक्षर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना, तस्बिरहरू
-
गण्डकीको हिउँदे अधिवेशन आजदेखि, के छन् कार्यसूची ?
-
वसन्तपुरमा वसन्त श्रवण, तस्बिरहरू
-
‘पुँजीवादले जलवायु संकट समाधान गर्न सक्दैन’
-
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य
-
मन्त्रिपरिषद् बैठक बस्दै