सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल

सोमबार, २१ माघ २०८१, ०५ : १३
सोमबार, २१ माघ २०८१

आज विक्रम संवत २०८१ साल माघ २१ गते, सोमबार । ईश्वी सन् २०२५ फेव्रुवरी ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि– पंचमी, ७ घडी ४६ पला, बिहान ९ बजेर ५८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–रेवती, ४८ घडी ५१ पला, रातको २ बजेर २४ मिनेट उप्रान्त अश्विनी । योग–सिद्ध, ६ घडी १४ पला, बिहान ९ बजेर २१ मिनेट उप्रान्त साध्य । करण–बालव, बिहान ९ बजेर ५८ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १३ पला । वसन्त पञ्चमी तथा सरस्वती जयन्ती ।  

आजको बार बेला  
बिहान ०६ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ४१  मिनेटदेखि दिउँसो ३ बजेर  २ मिनेटसम्म लाभ बेला ।
दिउँसो ३ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर २३ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखि बेलुकी ७ बजेर २३ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ८ बजेर १३ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १६ मिनेटदेखि बिहान ६ बजेर ४ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कामको शिलशिलामा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ । धर्म तथा पूजापाठमा समय व्यतित हुनेछ । वित्तीय  बजारमा लगानी गरेर आम्दानी गर्न सकिनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् ।
 
बृष (इ, ऊ,ए,ओ,वा,वि,वु,वे,वो) विशिष्ट व्यक्तिहरुको विचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रोपावरको लगानी फस्टाएर जानेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच विस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरी घर गृहस्थी चलायमान गर्ने समय रहेकोछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुने तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । पूजापाठ, धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्राको तय हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुःख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) उद्योग तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन, शेयर बजार तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागी समयले साथ दिनेछ । धार्मिक तथा सांगितिक  कार्यक्रममा सहभागी हुने अवसर जुर्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । शिक्षा क्षेत्र, बैक तथा वित्तीय क्षेत्र, शेयर बजारमा गरिएको लगानीबाट आम्दानी हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक, साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ भने वंश वृद्धिको योग रहेकोछ ।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि तथा शेयर बजार क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ । एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । शिक्षा, शेयर बजार तथा उद्योगको लगानीबाट मनग्गे आम्दानी हुनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममूखी कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । होटल तथा रेष्टुरेन्ट, निर्माण सामाग्री, शिक्षा क्षेत्र, शेयर बजार तथा गरगरहनाको लगानी वा व्यापारबाट लाभ लिन सकिनेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक वा धार्मिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रकासाथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । पूजापाठ तथा मनोरञ्जनमा केही समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप