बुण्डेस लिगामा बायर लिभरकुजेनलाई सफलता
सोमबार, २१ माघ २०८१, ०२ : १४

काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले होफेनहाइमलाई हराएको छ । आइतबार राती घरेलु मैदानमा लिभरकुजेनले होफेनहाइमलाई ३-१ गोल अन्तरले हरायो ।
लिभरकुजेनका लागि भिक्टर बोनिफेस, जेरेमी फ्रिम्पोंग र पेट्रिक शिकले एक–एक गोल गरे । होफेनहाइमका तर्फबाट गिफ्ट अर्बानले एक गोल फर्काए ।
लिगको अर्को खेलमा आइन्ट्राच्ट फ्र्यान्कफर्ट र उल्फ्सवर्गले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । अंक तालिकामा शीर्ष स्थानको बायर्न म्युनिखको २० खेलबाट ५१ अंक हुँदा दोस्रो स्थानको लिभरकुजेनको ४५ र तेस्रो स्थानको फ्र्यान्कफर्टको ३८ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका केही भागहरूमा अत्यधिक गर्मीको चेतावनी
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
उपमहासचिवपछि वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि छाडे प्रभु साहको साथ
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु