आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हरायो
सोमबार, २१ माघ २०८१, ०१ : ३२

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हराएको छ । आइतबार राती भएको खेलमा आर्सनलले म्यान्सिटीलाई ५-१ गोल अन्तरले हराएको हो ।
आर्सनललाई फराकिलो जित दिलाउन मार्टिन ओडेगार्डले दुई गोल गर्दा थोमस पार्टी, माइल्स लेविस स्केली, काई हेभेर्ट्ज र एतान नवानेरीले एक-एक गोल गरे । म्यान्चेस्टर सिटीकातर्फबाट एर्लिङ हालाण्डले एक गोल फर्काए ।
यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गरेको छ । भने म्यान्चेस्टर सिटीको हारसंख्या ७ पुगेको छ । आर्सनलले लिभरपुलसँगको अंकदुरी ६ अंकमा झारेको छ । लिभरपुलको २३ खेलबाट ५६ अंक छ भने आर्सनलको २४ खेलबाट ५० अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार