टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
आइतबार, २० माघ २०८१, २३ : ०२
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको पहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटना : एकै जिल्लामा ३८ जनाको मृत्यु
-
६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स
-
रातोपाटी ब्रिफिङ् : पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियतादेखि नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक दर्तासम्म
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
-
बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा
-
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै