समाचार
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
आइतबार, २० माघ २०८१, २२ : ३४

काठमाडौँ । इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल नेटवर्कबाट इन्टरनेट सेवा आयात गरिरहेका सेवा प्रदायकमा यो समस्या देखिएको बताए ।
उक्त नेटवर्कमा समस्या भए पनि यसको कारण भने पत्ता लागिसकेको छैन । नेपाल टेलिकमक प्रवक्ता हरि ढकालले सेवामा समस्याबारे आफूले बुझ्ने बताए ।
आइतबार राति ९ बजेदेखि देशभरका विभिन्न कम्पनीका इन्टरनेट स्लो बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई
-
वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो
-
पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई भारतीय फ्यानले पानीको बोतल पठाएपछि...
-
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड प्रमुख कार्यकारी निर्देशकको राजीनामा माग
-
वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई
-
समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला