ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार

काठमाडौँ । ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीहरूले दुईवटा घर भाडामा लिएर त्यहीँ बसेर सट्टेबाजी धन्दा चलाएका हुन् । उनीहरू एउटा घरमा १५ जना र अर्को घरमा ९ जना बस्ने गरेका थिए । विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ ।
भारतीयले गिरोहले सञ्चालन गरेको ८ वटा बेटिङ एपमार्फत उनीहरुले सट्टेबाजीमा गराएको आरोप छ । पक्राउ परेका सबैको साथमा कम्तीमा ३ वटा मोबाइल र एक एकवटा ल्यापटप फेला परेको छ । भारतबाट आएको म्यासेजको आधारमा उनीहरुले सट्टेबाजी हार्नेहरूको रकम जित्नेको खातामा ट्रान्सफर गरेर अभिलेख राख्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अभिलेख राखेबापत उनीहरुले २५ देखि ३० हजार रुपैयाँ पाउने गरेको प्रहरीलाई बताएका छन् । उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोज कुमार बजाज, सुमित खत्री, प्रबात कुमार शाह, ओम प्रकाश खत्री, रवि प्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डे र मनोज कुमार छन् । त्यस्तै पक्रउ पर्ने नेपाली नागरिकहरुमा टंक बहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरि बहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी, भिष्म ओली, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रवि विष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट