ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
आइतबार, २० माघ २०८१, २० : १०

काठमाडौँ । काठमाडौँको महाराजगन्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी घर भएर मोरङ बस्ने शिवकुमारी सापकोटा उर्फ सरस्वती छन् ।
उनलाई हत्यामा संलग्न भएको १६ वर्षपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । २०६५ भदौ २६ मा भक्तपुरको नंखेलस्थित सडकमा शान्ता घिमिरेको हत्या भएको थियो । दाउ प्रहार गरेर २८ वर्षीय घिमिरेको हत्या गर्ने योजनामा सापकोटा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा