मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौँको नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नुवाकोटको तादी गाउँपालिका ३ खरानीटार घर भइ हाल काठमाडौँको प्यूटार बस्ने २२ वर्षीय रोशन भण्डारी र धादिङको गंगाजमुना गाउँपालिका ५ फुलखर्क घर भइ हाल काठमाडौँको नेपालटार बस्दै आएका ३० वर्षीय रविन अधिकारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले बताएको छ ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०५४ प १४ ३५ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०५३ प १७ ३५ राखी काठमाडौँको नेपालटारमा सडक किनारमा रोकी राखेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाइकल अधिकारीबाट रोशनले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल बागलुङको वरेङ गाउँपालिका २ घर भएका आदर्श पौडेलले काठमाडौँको म्हेपीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा