जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण

टोकियो । जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ ।
‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो ।
हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार सङ्केत नभएका क्षेत्रमा आपत्कालीन भूकम्पको चेतावनी पनि दिन्छ ।
जापान सरकारले विदेशी जीपीएस नेटवर्कमा निर्भरता कम गर्दै प्रणालीलाई चारबाट सात स्याटेलाइटमा विस्तार गर्ने लक्ष्य राखेको छ । भर्खरै प्रक्षेपण गरिएको मिचिबिकी ६ लाई पृथ्वीबाट करिब ३६ हजार किलोमिटर माथि जियोस्टेशनरी अर्बिटमा राखिनेछ ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) र मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा विकसित एच३ रकेटले एच२ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ ।
आइतबारको प्रक्षेपण देशमा एच३को पाँचौँ प्रक्षेपण थियो । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण
-
तीनकुने घटना : मानव अधिकार आयोगको मौनता
-
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाएका छन् : साह
-
फेरि अड्कियो रणवीर सिंहको डन ३
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल