आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

बुटवलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

आइतबार, २० माघ २०८१, १९ : ०१
आइतबार, २० माघ २०८१

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ८८६ नम्बरको ट्रकले लु९४प ८५९४ नम्बरको स्कुटरलाई  बुटवलको  चौराहामा ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप