बुटवलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, २० माघ २०८१, १९ : ०१

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ८८६ नम्बरको ट्रकले लु९४प ८५९४ नम्बरको स्कुटरलाई बुटवलको चौराहामा ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
-
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित
-
‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने