ललितपुर महानगरले गर्यो १२ फुटबल क्लबलाई सम्मान
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लबलाई सम्मान गरेको छ ।
ललितपुरमा आइतबार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लबलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए । ललितपुरले शीर्ष डिभिजनका पाँच क्लब थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लबलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो ।
विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लब ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो । चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए । बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लब च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लबलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोटर््स, झम्सीखेल युथ र सानेपा क्लबलाई पनि सम्मान गरिएको थियो ।
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शीर्ष डिभिजनमा पुग्ने क्लबलाई २० लाख रुपैयाँ दिन बताए । उनले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गरे । फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गरे । उनले आगामी वर्ष ‘ए’ डिभिजन क्लवमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिक रूपमा तलवको व्यवस्था गर्ने बताए ।
एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण रहने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार
-
ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
-
माओवादीभित्र शक्ति संघर्ष : गुटको टकराब कि विचारको मन्थन ?
-
काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण
-
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण