आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

राजनीतिमा जितहार स्वभाविक हो, जित्दैमा उत्ताउलो हुनु पर्दैन : देउवा

आइतबार, २० माघ २०८१, १७ : ५६
आइतबार, २० माघ २०८१

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा जितहार स्वभाविक हुने भएकाले जित्दैमा उत्ताउलो नहुन आग्रह गरेका छन् । कांग्रेस पोखरा महानगरको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई सम्हालिएर राजनीति गर्न सुझाएका हुन् । 

‘राजनीतिमा जित हार हुन्छ । हार्दैमा सबै सकिँदैन, जित्दैमा उत्ताउलो हुन पर्दैन,’ उनले भने । 

सभापति देउवाले माछापुच्छ्रे हिमाल कालो भएकोमा चिन्ता व्यक्त गरे । ‘म विद्यार्थी राजनीति गर्दा यहाँ जेलमा परेको थिएँ । निस्केर बाहिर हेर्दा माछापुच्छ्रे हिमाल निकै सुन्दर थियो,’उनी भन्छन्,‘अहिले हिमाल कालै भएछ । हिउँ पग्लिएर सकिएछ । पर्यावरण जोगाउन कांग्रेसले तल्लो तहबाट पहल गरोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप