राष्ट्र बैंक रिपोर्ट
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि
आइतबार, २० माघ २०८१, १७ : ३०
![कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि](https://npcdn.ratopati.com/media/news/exchange_sfIlp5S9UL.jpg)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको उल्लेख छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्र असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेको थियो । तर, पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई रु.२०७२ अर्ब ३४ करोड पुगेको उल्लेख छ ।