चालु खाता १४८ अर्ब १७ करोडले बचतमा, ६ महिनामा ६ अर्ब ५० करोड वैदेशिक लगानी भित्रियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ महिनाको अवधिमा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ ।
यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह रु.४ अर्ब ५४ करोड रहेको थियो ।
यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
-
मल्टिस्टारका कारण ट्रेन्डिङमा ‘पिताम्बर’ ट्रेलर
-
बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि
-
बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द
-
माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म